एमाले प्रमुख सचेतक विशाल भट्टराईको जिल्ला खोटाङमा एमालेले २०७४ मा जितेका ४ वटा गाउँपालिका र एउटा नगरपालिका नै यसपटक गुमायो। खोटेहाङ, जन्तेढुंगा, केपिलासगढी, रावाबेँसी गाउँपालिका र दिक्तेल नगरपालिकामा यसअघि एमालेका उम्मेदवार निर्वाचित भएका थिए।
यसअघि जितेका सबै गुमाएको एमाले यसअघि कांग्रेसले जितेका दुई पालिकामा भने निर्वाचित भएको छ। ऐँसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एमाले विजयी भएको हो। यी पालिकामा यसअघि कांग्रेस विजयी भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ