लखनउ सुपर जायन्ट्सले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई दुई रनले पराजित गर्दै प्ले अफमा पुग्ने दोस्रो टोली बनेको छ । यसका लागि लखनउका लागि शतक बनाएका क्विन्टन डी कक र कप्तान केएल राहुलले २ सय १० रनको कीर्तिमान साझेदारी गरेका थिए ।
लखनउले विकेटको क्षति बिना नै २ सय ११ रनको विशाल लक्ष्य तयार पारेको थियो । जवाफमा कोलकाताले आठ विकेटमा २ सय ८ रन बनायो । रिन्कु सिंहले १५ बलमा ४० रन बनाएर कोलकातालाई जितको संघारमा पुर्याए पनि उनी अन्तिम बल अगाडी नैआउट भएका थिए । यस हारले कोलकाता प्ले अफबाट बाहिरिएको छ ।
मार्कस स्टोइनसले अन्तिम ओभरमा २१ रनको रक्षा गरेका हुन् । रिन्कुले एक चौका र दुई छक्का प्रहार गरेका थिए । अहिलेसम्म प्रतियोगिताका दुई नव प्रवेशी टिम गुजरात टाइटन्स र लखनउ प्ले अफ पुग्ने दुई टिम रहेका छन् । गुजरात २० अंकमा शीर्ष स्थानमा भने लखनउ १८ अंकमा दोस्रो स्थानमा छ । कोलकाताको भने १२ अंकमा छैटौं स्थानमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ