बुधबार, असार १५, २०७९

क्रिकेट विश्वकप लिग २ मा भाग लिन नेपाली टोली अमेरिका जाँदै


कान्तिपथ


सुनील धमला, आदिल अन्सारी र किशोर महतोलाई समेट्दै नेपालले अमेरिकामा हुने क्रिकेट विश्वकप लिग २ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । तीनै खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न बाँकी छ ।

जिम्बावे ‘ए’ सँग हालै सम्पन्न शृंखलाको अन्तिम खेलमा ५ विकेट लिँदै मध्यम गतिका बलर किशोरले लिग २ का लागि आफ्नो दावेदारिता प्रस्तुत गरेका थिए । सुनील र आदिलले पनि जिम्बावे ‘ए’ सँगको खेलमा मौका पाएका थिए । आदिललाई मलेसिया र पपुवा न्युगिनीसँगको त्रिदेशीय ट्वान्टी–२० शृंखलामा मौका दिइएको थियो, जहाँ उनले आक्रामक ब्याटिङ गरेका थिए ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नेपाली टोलीमा समावेश गरिएको छैन । अमेरिकामा मार्चमा भएको डिभिजन २ प्रतियोगितादेखि ज्ञानेन्द्रलाई नेपाली टोली बाहिर राखिँदै आएको छ । उनीबिनै नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय, मलेसिया, पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला र जिम्बावेसँगको शृंखला खेलेको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहने अमेरिका जाने लिग २ को टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील, देव खनाल, आदिल, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल छन् ।

लिग २ अमेरिका टेक्सास राज्यको हजटनमा जुन ६ देखि १६ सम्म हुनेछ । अमेरिका र ओमानसम्मिलित लिग २ मा नेपालको यो चौथो शृंखला हो, जसमा नेपालले ६ खेलमा जित र ६ खेलमा हार बेहोर्दै सहभागी ७ टोलीमा छैटौं स्थानमा छ । नेपालले अमेरिकामा ओमानविरुद्ध जुन ९ मा, अमेरिकासँग ११ मा, ओमानसँग १४ मा र अमेरिकासँग जुन १५ मा खेल्ने छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत