मङ्लबार, माघ २९, २०८१

उन्नाइस प्यालेस्टाइनी कामदार अपहरित


कान्तिपथ


प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यामरुनको एक दुर्गम क्षेत्रमा ती कामदार अपहरणमा परेका हुन् । यहाँका सुरक्षा निकायले दिएको जानकारी अनुसार क्यामरुनको दक्षिण पश्चिमी क्षेत्रमा कार्यरत १९ जना प्यालेस्टाइनी कामदारहरु अपहरणमा परेका हुन् ।

यहाँको क्यामरुन विकास संस्थामा कार्यरत उनीहरु अपहरणमा परेका बताइएको हो । क्यामरुनको दक्षिण पश्चिमी क्षेत्र इडेनेउमा सो कम्पनीमा कार्यरत उनीहरु अपहरणमा परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

एकजना सरकारी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार मंगलबार सो क्षेत्रमा केही बन्दुकधारी आएका र कम्तीमा पनि १९ जना प्यालेस्टाइनी कामदारलाई अपहरण गरेर लगेका छन् ।

उनीहरुलाई कसले र किन अपहरण गरी लगेका हुने भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले अनुुसन्धान सुरु गरेको बताएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत