मङ्लबार, बैशाख ३०, २०८२

वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी


कान्तिपथ



कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा ( एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ ।

वाणगगङ्गामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणि अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचन जित्नुभएको हो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रवीराज आचार्यले १८ हजार ३६० मत प्राप्त गर्नुभएको हो । दुबैबीच ६३९ मतको अन्तर छ ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसकी तारावती थारूले १८ हजार ४६४ मत प्राप्त गर्नुभएको छ । वाणगङ्गामा एमालेले नगरप्रमुख र उपप्रमुखसहित ६ वटा वडा जितेको छ । कांग्रेसले चार वडा र माओवादीले एउटा वडा जितेको छ ।

कपिलवस्तुको नगरप्रमुखमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट सुदिप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ११ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । पौडेलले एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका डा राजेश गुप्तालाई तीन हजार १२४ मत अन्तरले पराजित गर्दै विजयी हुजनभएको हो । गुप्ताले ८ हजार ७८२ मत पाउनुभएको छ ।
त्यस्तै उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित हुनुभएको छ । उहाँले नौ हजार ५७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी तुलसा पाण्डेय गैरेले नौ हजार ३७९ मत प्राप्त गर्नुभएको छ । कपिलवस्तुका वडामा भने कांग्रेसले धेरै सिट जितेको छ । वडा नं ३ ,५, ८,१० र १२ कांग्रेसले जितेको छ । वडा नं २ ,४,६ र ९ एमालेले जितेको छ । वडा नं १, ११ र ७ मात्र जसपाले जितेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत