शुक्रबार, जेष्ठ ३, २०८२

माल्विका सुब्बा द्वारा क्षमायाचना


कान्तिपथ


सानै देखि अभिनेत्री तथा सफल मोडेल बन्ने सपना देखेकी सुस्मिता रेग्मीले यस क्षेत्रमा आएर आफुले भोग्नु परेको शारीरिक शोषण तथा मानसिक यातनाको बारे सामाजिक संजालमा खुलेर बोलेकी छिन् । यस क्रम उनीले २०१४ मा मिस ग्रान्ड इन्टरन्यास्नल प्रतियोगितामा भाग लिएकी, सो प्रतियोगितामा दोस्रो रनर अप भएकी र सोहि प्रतियोगिताका आयोजकले एक होटलमा बोलाई लेमोनेड ड्रिंकमा निन्द्रा लाग्ने औषधि मिलाई शारीरिक शोषण गरेको कुरा सामाजिक संजालमा खुलस्त बनाएकी छिन् । उनले आफु मिस ग्रान्ड इन्टरन्यास्नल प्रतियोगिताका आयोजक द्वारा शारीरिक शोषण भएको कुरा त्यसबेला सो कार्यक्रमकी कोरियोग्राफर तथा पुर्व मिस नेपाल माल्विका सुब्बासंग सहयोगको अपेक्षा राख्दै आफ्नो कुरा राखेकी थिइन तर माल्विकाले भने सो कुरा आफ्नो सरोकारको बिषय नभएको भनेर जवाफ दिएकी थिइन् ।

यसै क्रममा आफु माथि लगाइएको आरोप स्वीकार गर्दै माल्विका सुब्बाले आफ्नो इन्स्टाग्राम पोस्टमा सो समयमा आफुले सहयोग गर्न नसकेको र हाल आफुलाई सो कुराले दुख महसुस भएको भन्दै सुस्मितासंग माफी मागेकी छिन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत