बिहिबार, जेष्ठ ८, २०८२

सभामुखको रुलिङ्ग पछि संसद पुगे अर्थमन्त्री


कान्तिपथ


सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए । प्रतिपक्षी दलले अर्थमन्त्री खोजेपछि सभामुख सापकोटाले छलफलमा उपस्थित हुन निर्देशन दिएका थिए । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम सम्बन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थिति हुनपर्ने व्यवस्था छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत