बिहिबार, जेष्ठ ८, २०८२

२२५० अंकमा ओर्लियो नेप्से


कान्तिपथ


सेयर बजारको परिसूचक नेप्से बिहीबार २२५० अंकमा झरेको छ । २३. ५१ अंक घटेसँगै नेप्से २२५० अंकमा कायम भएको हो । दिनभर कुल १ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो । १९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो भने २ को स्थिर रह्यो ।

सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ६, विकास बैंक ८३, फाइनान्स ४१, होटल तथा पर्यटन २१, जलविद्युत् ४४, जीवन बीमा १७२, उत्पादन ४४, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा १४३, अन्य १८ र ब्यापार उपसमूह २४ अंकले घटे । जनरल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत बढ्यो । मैलुङखोलाको २.९ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक (संस्थापक), एनआईसी एसिया लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, अरुण काबेली र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत