मङ्लबार, बैशाख ३०, २०८२

जित्ने आशा अझै बाँकी छ : सिर्जना सिंह


कान्तिपथ


नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरको मेयरमा अझै पनि जित्ने आश बाँकी नै रहेको बताएकी छन् ।

मतगणना स्थल राष्ट्रिय सभा भवन प्राङ्गणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले भनिन् ‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’ महानगरको धेरै मत अझै गन्न बाँकी नै रहेकोले जित्ने आश रहेको बताएकी हुन् ।

पछिल्लो मत परिणाम अनुसार ६० हजार भन्दा बढी मत गणना भएको अवस्थामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह २३ हजार ५८४ मतका अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका केशव स्थापितको १२ हजार ३८० मत रहेको छ भने सिंह ११ हजार ४९९ मतका साथ तेस्रो स्थानमा छिन् ।

उनले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको धारणा राखिन् । उनले केही वडामा राम्रो परिणाम आउनुपर्ने भएपनि केही वडामा सोचेजस्तो मत नआएको जिकिर गरिन् ।

सिंहले अपेक्षा गरेको जति मत नआएको संकेत गरेपनि यो विषयमा भने सबै मतगणना सकिसकेपछि मात्रै बोल्ने प्रतिक्रिया दिइन् । उनले भनिन, ‘यो भन्दा राम्रो पनि हुनुपर्थ्यो, केही ठाउँमा राम्रो आइरहेको छ, केहीमा नराम्रो भएको छ । तर धेरै मत गन्न बाँकी छ, अहिले नै निष्कर्षमा पुगिहाल्न मिल्दैन ।’

देशभरी पहिलो दल हुँदा काठमाडौंमा कांग्रेस पछाडि पर्नुमा आफू अच्चमित बनेको उनले बताइन् । आफूले प्राप्त गरेको एक भोटको पनि सम्मान गर्नेभन्दै सिंहले भनिन्, ‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नुहुन्छ भन्ने् आश रहेको छ । मैले जित्नेमा पूर्ण आशवादी छु ।’ अहिलेसम्म आएको मतलाई सहजै रुपमा लिएको उनको भनाइ थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत