सोमवार, बैशाख २८, २०८३

पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित


कान्तिपथ


अभिनेता पूर्णविक्रम शाह ‘पल’ को मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको खबर बाहिर आएको हो। यो मुद्दामा सुनुवाइ अब अर्को हप्ता बिहीबार हुने बताइएको छ ।

शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ स्थगित गर्न माग गरेपछि अर्को हप्ताको लागि मिति सारिएको खुलेको हो । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत