शुक्रबार, जेष्ठ ३, २०८२

आफुले हालेको १ मत पनि पाएनन्, स्वतन्त्र उम्मेदवार तनाबमा !


कान्तिपथ


गोरखाको भीमसेन थापा गाउँपालिकामा मतगणनाको क्रममा आश्चर्यजनक घटना अगाडी आएको छ। गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले आफूले आफैलाई हालेको मत हराएर तनाबमा रहेको बताएका छन्।
अन्तिम मतपरिणाम सार्वजनिक भएर बिजेताको छिनोफानो हुदा सम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि नआएको बताएका छन् ।
गोरखाको यस भीमसेन थापा गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ उक्त गाउँपालिकाको वडाध्यक्ष बनेका छन् ।
‘मैले मेरो भोट हालेको छु, मत बदर पनि भएको छैन, तर गणनामा मेरो मत देखाइएन’ उनले भने । उनले मतगणनाको क्रममा निर्वाचन कर्मचारीको कति हद सम्म चरम लापरवाही रहन्छ वन्ने कुरा यो कुरा ले पुष्टि हुने र पुन मतगणना नभए अदालत जाने तयारीमा रहेका ढकालले बताए । उनले आफैलाई हालेको मत बदर पनि भएको दाबी गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत