बिहिबार, साउन ३, २०८१

अर्थमन्त्री शर्मा कै वडा र नगरपालिकामा कांग्रेसको जित


कान्तिपथ


मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। अर्थमन्त्री जनार्दन शर्माको गृह पालिका मुसिकोटमा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द्र केसी मेयर बनेका हुन्।

महेन्द्र ६९१४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी बसन्तले ६९०१ मत प्राप्त गरे। मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको थियो।

उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन्। विमलले ६१४० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले भने ५९८५ मत मात्र ल्याउन सके।

अर्थमन्त्री शर्माको वडामा पनि कांग्रेस विजयी भयो। वडा नं. ५ मा नेपाली कांग्रेसका समिरजंग मल्लले वडाध्यक्ष जिते। २०७४ सालमा यो वडामा नेकपा माओवादी केन्द्रका सुशील गौतमले जितेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत