दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपमेयरमा भने एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट भिमेश्वर नगरपालिकाको मेयर उम्मेदवार बनेका कांग्रेसका ईश्वरनाथ मानन्धर निर्वाचित भएका हुन् ।
माधनन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार हरिवंश चौलागाईंलाई १ हजार ४ सय २२ को मतान्तरले पराजित गरेका हुन् । मानन्धरको ७ हजार ३ सय १ मत आएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित भएका थिए । उनले कांग्रेसका ईश्वरनाथ मानन्धरलाई पराजित गरेका थिए । यो पटक पनि एमालेले सुरुमा एमालेले केसीलाई टिकट दिएको थियो । जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष हरिवंश चौलागाईं लगायत ८ जनाको उजुरीको आधारमा केसीलले पाएको टिकट खोसिएको थियो । टिकट खोसिएपछि एमालेको एउटा तप्का असन्तुष्ट थियो ।
उपमेयरमा भने एमालेले गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेको छ । एमालेकी उपमेयर उम्मेदवार कमला बस्नेत ७ हजार २ सय ६४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत ल्याएकी छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ