बिहिबार, जेष्ठ ८, २०८२

पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी


कान्तिपथ



नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँले साहनीलाई ८६ मतान्तरले पराजित गर्नुभएको हो । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी हुनुभएको छ । माओवदी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो । अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) विजयी भएको छ । कांग्रेस वडा नं १ र ४, माओवादी केन्द्र वडा नं र ३, ५ र ६ तथा लोसपा वडा नं २ मा विजयी भएको छ ।

चौबिस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ मत खसेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत