सोमवार, कार्तिक २४, २०८२

मधेस प्रदेशको प्रदेशसभा नवौँ अधिवेशन जेठ १९ गते


कान्तिपथ


मधेस प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ १९ गते बिहीबार दिउँसो १ बजे आहवान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । प्रदेश प्रहरीका सम्बन्धमा सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरूको बैठक आगामी असारको पहिलो साता जनकपुरधाममा बस्ने निर्णयसमेत भएको त्यस अवसरमा उहाँले बताउनुभयो । उक्त बैठकले मुख्यमन्त्री किसान उत्थान कार्यविधिसमेत स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै यसअन्तर्गत साना किसानहरूले वर्षेनी बैंकमार्फत रु १० सहयोग पाउने भएका छन् । उक्त सभाको आठौँ अधिवेशन गत २०७८ चैत २९ गते अन्त्य भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत