बुधबार, असार १५, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • कांग्रेस महामन्त्रीले संसद मै उठाए सुन्दरी प्रतियोगिताको नाममा बलात्कारको घटना

कांग्रेस महामन्त्रीले संसद मै उठाए सुन्दरी प्रतियोगिताको नाममा बलात्कारको घटना


कान्तिपथ


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न माग गरेका छन् । सांसद थापाले प्रतिनिधिसभामा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिनुअघि शुक्रबार सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

“हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो । म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,” थापाले भने, “सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुरा होइन । यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस् ।”

महामन्त्री थापाले शुक्रबारको व्यवस्थापिका संसद्‌मा ब्युटी पेजेन्टको नाममा बलात्कारको घटनाबारे एक युवतीले बयानले उनको परिवारलाई पनि त्रसित बनाएको बताएका छन् ।

उनले यो घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउन अपिलसमेत गरेका छन् । यसका साथै उनले बलात्कारको कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्ने पनि बताएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत