बुधबार, असार १५, २०७९

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी


कान्तिपथ



हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का प्रेमकला शाहीले एक हजार ३७२ मत प्राप्त गरी जित हहासिल गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसको मैना बुढा एक हजार १७३ मत प्राप्त गर्नुभएको छ ।

चङ्खेलीको वडा नं १ मा एमालेका गोविन्द बोहरा, २ मा कांग्रेसका विर्ख सिंह, ३ मा माओवादीका भारमल बुढा, ४, ५ र ६ मा स्वतन्त्र उम्मेदवारत्रय पदमबहादुर शाही, हर्कधन तामाङ र जयबहादुर सिरा वडाध्यक्षमा विजयी हुनुभएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत