बुधबार, असार १५, २०७९

बेथानचोकमा गठबन्धन विजयी


कान्तिपथ



काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी हुनुभएको हो ।

अध्यक्ष अधिकारी छ हजार १९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वडामा क्रमशः वडा नं १ मा कांग्रेसका मधुसुधन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित हुनुभएको छ । यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गर्नुभएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत