बुधबार, असार १५, २०७९

जुम्लाका ६० मध्ये कांग्रेसको २६ वडामा जित


कान्तिपथ


आठ स्थानीय तहमध्ये कांग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ । नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी)ले यहाँ गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ । एमालेले जिल्लाका कुनै पनि स्थानीय तहका प्र्रमुख उपप्रमुखमा जित हासिल गर्न सकेको छैन । एमालले जिल्लाका छ वडामा मात्र आफ्नो जित हासिल गर्न सफल भएको छ । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा राजुसिंह कठायतले स्वतन्त्रबाट जित हासिल गर्नुभएको छ ।

नेमकिपा एक वडा र स्वतन्त्र दुई वडामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले २२ वडा जितेर पहिलो पार्टी बनेको थियो ।

नगरका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई मतगणना सकिएपछि प्रमाणपत्र वितरण गरेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीय जवाहरप्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्कासहितका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्नुभएको हो । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथमा नवनिर्वाचित ५२ जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख कठायतले आफू भाषणभन्दा पनि काममा जोड दिने बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत