नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहनगर सूर्योदय नगरपालिकाको मेयर पद एकीकृत समाजवादीले जितेको छ ।
मेयर पदमा समाजवादीका उम्मेदवार रनबहादुर राई एमालेका काजीमान कागतेलाई हराउँदै विजयी भएका हुन् । राईले १२ हजार ४ सय ३१ मत ल्याउँदा एमालेका कागतेले १० हजार ५ सय ७९ मत ल्याए ।
उपमेयरमा भने कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका हुन् । बरालले ११ हजार ८ सय ५४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ