विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला विजयी भएका हुन्। उनले ३० हजार १७० मत पाउँदा थापाले २१ हजार ४५५ मत मात्रै पाएका छन्।
विराटनगरको उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्की निर्वाचित भएकी छन्। उनले गठबन्धनका अमरेन्द्र यादवलाई ११ हजार ४६१ को भारी मतान्तरले पछि पार्दैै विजयी भएकी हुन्।
यादवले १४ हजार २१९ मत ल्याए भने कार्कीले २५ हजार ६८० मत ल्याएकी छन्। ३० वैशाखमा भएको निर्वाचनमा विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो। १९ वटा वडा रहेको विराटनगरमा नेकपा एमालेले ९, नेपाली काँग्रेसले ६, जसपाले २, राप्रपाले १ र स्वतन्त्रले एउटा वडाको नेतृत्व जितेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ