सोमवार, फाल्गुन ४, २०८२

मिर्चैया नगरपालिकाको मेयर उपमेयर माओवादीको पोल्टामा


कान्तिपथ


सिराहाको मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। मिर्चैयाको मेयर र उपमेयरमा नै माऔवादी विजयी भएको हो।

मेयरमा माओवादी केन्द्रका श्रवण कुमार यादव ५ हजार २३३ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याए। मेयरमा नेकपा एमालेका प्रदीप महासेठले ३ हजार ७०४ र जनमत पार्टिका जागेश्वर साह तेलीले २ हजार ९६६ मत ल्याए।

उपमेयरमा माओवादी केन्द्रकी जिवछी देवी ५ हजार ७० मत ल्याउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अनिता साहले ५ हजार २६ मत ल्याइन्। उपमेयरमा एमालेकी शोभा देवी साहले ३ हजार ८७७ र जनमत पार्टीकी सरिता कुमारी शर्माले २ हजार ७८६ मत ल्याइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत