कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपपेयर पद दुवैमा नेपाली कांग्रेस र नेकपा एमालेका महिला उम्मेदवारहरु विजयी भएका छन् ।
मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही १२ हजार ७१३ मत प्राप्त गरी मेयर र उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएका हुन् । कांग्रेसकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरी मेयर पद जित्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत मात्रै पाए ।
उपमेयरमा एमालेकी जुना चौधरी विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत पाइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ