फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले तीन वर्षसम्म पेरिस सेन्ट जर्मेनमै बस्न सम्झौता गरेका छन् । २०१८ को विश्व कप विजेता खेलाडी यो सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा रहेको थियो । तर अब सम्झौता नवीकरणसँगै एमबाप्पे २०२५ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।
एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण गर्दा आफू खुसी भएको बताएका छन् । एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पीएसजी आएका थिए । २३ वर्षीय एमबाप्पेले अब आउने सिजनमा आफूले क्लबलाई उपाधि दिलाउन लागि पर्ने बताए ।
‘म पीएसजीमा नै रहँदा खुसी छु । क्लबका लागि उपाधि दिलाउन लागि पर्नेछु । मलाई आशा छ मेरो प्रदर्शनले क्लबमा ठूलो परिवर्तन ल्याउनेछ,’ सम्झौता नवीकरणपछि एम्बाप्पेले भने ।
एम्बाप्पेले हालसम्मको सहयोगका लागि विश्वभर रहेका पीएसजीका समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले समर्थकको साथ र सहयोग विना आफ्नो आगामि यात्रा असम्भव भएको बताए । उनले क्लबका अध्यक्ष नासेर अल–खेलाफीले आफूप्रति गरेको विश्वासको कदर गर्ने बताए ।
‘विश्वभर रहेको पीएसजीका समर्थकहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । उहाँहरुको समर्थनबिना आगामि यात्रा सम्भव छैन् । क्लबका अध्यक्ष खेलाफीले मप्रति राखेको विश्वासको पनि कदर गर्नेछु,’ एम्बाप्पेले भने ।
त्यस्तै पीएसजीका अध्यक्ष खेलाफीले पीएसजीमा एम्बाप्पेलाई लामो समय राख्न पाउँदा निकै खुसी भएको बताए । उनले यो क्लब र विश्वभरका समर्थकहरूका लागि निकै खुसीको क्षण रहेको बताए ।
एम्बाप्पेले स्पेन जानका लागि केही महिना अघि रियलसँग आर्थिक प्याकेजमा सहमति जनाएका थिए, तर अहिले उनी कार्लो एन्सेलोटीको टोलीमा नजाने निर्णय गरेका छन् । २३ वर्षीय खेलाडी अगस्ट २०१७ मा मोनाकोबाट सिजन-लामो लोनमा पीएसजीमा समेल भएका थिए । उनले पाँच सिजनमा पीएसजीलाई चार लिग वान उपाधि जिताइसकेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ