बिहिबार, जेष्ठ ८, २०८२

मुम्बईद्वारा दिल्ली पराजित, प्लेअफमा बेंगलोर


कान्तिपथ


इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा गए राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा बेंगलोरले प्लेअफमा स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो ।

मुम्बईको जीतसंगै रोयल च्यालेंजर्स बेंगलोर र उनीहरुका समर्थकहरुका तर्फबाट मुम्बई इन्डियन्सको टिमलाई सामाजिक संजालमा धन्यवादको ओइरो लागेको छ ।

योसँगै आईपीएको प्लेअफ समीकरण पनि पूरा भएको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि दिल्लीले दिएको १६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईका इशान किशनले ४८ रन जोडे । दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २/२ विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेको थियो । दिल्लीका रोभमान पावेलले ४३ रन जोडेका थिए । मुम्बईका लागि जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट लिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत