शुक्रबार, जेष्ठ ३, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • ‘बलात्कार गर्न बन्द गर’ भन्दै रेड कार्पेटमा एक महिला टपलेस भएपछी (भिडियो सहित)

‘बलात्कार गर्न बन्द गर’ भन्दै रेड कार्पेटमा एक महिला टपलेस भएपछी (भिडियो सहित)


कान्तिपथ


कान्स फिल्म फेस्टिबल २०२२ को रेड कार्पेटमा एक महिलाले टपलेस भएर चिच्याउदै हंगामा मच्चाएकी छिन् । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गरेकी थिइन् । उनको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।’

ती महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङ पोतेकी थिइन् भने रातो रङको अन्डरप्यान्ट लगाएकी थिइन् जसमा रातो रङले हातको निशाना बनाइएको थियो । ती महिलाका कारण रेड कार्पेटमा सेलिब्रिटीहरुलाई रोकियो । त्यसपछि सुरक्षाकर्मीले उनलाई कालो रङको ज्याकेटले ढाके र आफूसँगै लिएर गए ।

युक्रेनमा महिला बलात्कार बढ्दै

यी महिला युक्रेनकी एक अभियन्ता भएको बताइन्छ । युक्रेन र रुसबीच थुप्रै महिनादेखि युद्ध चलिरहेको छ। यसैबीच युक्रेनकी महिलामाथि बलात्कारको घटना पनि सार्वजनिक भइरहेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अघिल्लो महिना थुप्रै बलात्कारका घटना सार्वजनिक भएको बताएका थिए । रुसी सेनाले महिलाका साथै स–साना बालिकाको पनि यौन शोषण गरिरहेको बताइएको छ ।

युक्रेनमा रुसी सैनिकले गरेको भनिएको यौन हिंसाको विरोधमा उनले विरोधको यस्तो शैली पछ्याएकी हुन् । हलिउड अभिनेत्री टिल्डा स्विटन र अभिनेता एड्रिस अल्बाले रेडकार्पेट हिडिरहेको बेला ती महिला अचानक त्यहाँ पुगेकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत