मङ्लबार, जेष्ठ ६, २०८२

स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित शाहीद्वारा सपथग्रहण


कान्तिपथ


हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका अध्यक्ष पदका प्रत्यासी प्यारीलाल शाही आईतबार सपथ लिएका छन्। अध्यक्ष शाहीलाई मुख्य निर्वाचन अधिकृत एव जिल्ला न्यायधिस जगतबहादुुर पौडेलले पद तथा गोपनीयताको सपथ खुुवाएका हुन्। मुुख्य निर्वाचन अधिकृत पौडेलले चङ्खेली गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित शाहीलाई सपथ खुवाउने कार्य सम्पन्न भएको बताए। उनी सदरमुुकाम सिमकोटमा ढिलो आई भएको कारण सो कार्य ढिलो भएको हो।

यसअघि छ वटा गाउँपालिकामा निर्वाचित अध्यक्षहरुलाई सपथ खुवाउने कार्य भई सकेको छ। उनी गाउँपालिकाबाट शनिवार हेलिकोप्टरमा सिमकोट आई पुुगेका हुन्। उनले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गोबिन्द शाहीलाई पराजित गर्दै स्वतन्त्रबाट निर्वाचित भएका हुन्।

उनले एक हजार ६९५ मत ल्याएर विजयी भएका हुन्। उनी नेपाली काँग्रेस निकट हुन्। पार्टीले टिकट नदिएपछि उनीले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्। उनलाई नेकपा एमाले र नेकपा एकिकृत समाजवादीको पनि सर्मथन रहेको थियो।

०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी नेपाली कांग्रेसकोतर्फबाट अध्यक्ष पदमा प्रत्यासी भएका थिए। सपथ ग्रहण कार्यक्रममा संबिधान सभाका सदस्य रीता शाही, सुररक्षा निकाय प्रमुख, नाम्खा, खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत लगाएको उपस्थिती रहेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत