शुक्रबार, जेष्ठ ३, २०८२

एमालेको मकवानपुर जिल्ला अध्यक्षले दिए राजिनामा


कान्तिपथ


स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षानुसार जित हासिल गर्न नसेकेको भन्दै नेकपा एमालेका मकवानापुर जिल्ला कमिटी अध्यक्ष बद्रीप्रसाद लम्सालले राजीनामा दिएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलगत भएको घोषणा गरेका छन्।

पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरिएको सामाजिक सञ्जालको सन्देशमा उनले पार्टीको नेतृत्वप्रति आक्रोश समेत व्यक्त गरेका छन्। २०७४ सालको निर्वाचनमा एमालेले मकवानपुरका ६ स्थानीय तहमा जित हासिल गरेको छ। तर, यसपटकको निर्वाचनमा २ वटा स्थानीय तहमा मात्रै जित हासिल गर्‍यो। एमालेले इन्द्रसरोबर गाउँपालिका र भीमफेदी गाउँपालिकामा मात्र जित्यो।

हेटौंडा उपमहानगरपालिकामा पार्टी विभाजन गरेर गठन भएको एकीकृत समाजवादीले जितेपछि जिल्ला अध्यक्ष लम्सालले राजीनामा घोषणा गरेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत