मङ्लबार, बैशाख ३०, २०८२

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या


कान्तिपथ


सिरहामा धारिलो हतियारको प्रयोग गरी बाबु छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।

सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए । उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

घरको छुट्टाछुट्टै कोठामा सुतेका बुबा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०/१२ वर्षको एक जना बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए ।

घटनाको जानकारी पाएलगत्तै करिब बिहान ४ बजे प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको थियो। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दुवै जनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत