काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।
जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो । सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो । लिभरपुलले ९२ अंक जोड्यो । एस्टन ४५ अंक जोडेर १४ औं स्थानमा रह्यो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ