मङ्लबार, बैशाख ३०, २०८२

नेपाली क्रिकेट टिमले अमेरिकामा २ अभ्यास खेल खेल्दै (तालिका सहित)


कान्तिपथ


नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

क्यानको अनुसार नेपाल लिग टू को तयारी स्वरुप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० ओभरको खेल खेल्नेछ । खेल यही जेठ १९ र २१ गते हुनेछ ।

नेपाली टोली जेठ १५ गते अमेरिका पुग्नेछ । नेपालका पूर्वक्रिकेट खेलाडीहरूले चलाइरहेको नेपाली अल स्टारर्ससँगको सहकार्यमा यो भ्रमण सम्भव भएको क्यानले जनाएको छ ।

नेपाली अल स्टार्सले यस बाहेक नेपाललाई तीन दिन अभ्यासको व्यवस्थासमेत मिलाएको छ । लिग टू का खेलहरू जेठ २५ देखि असार १ गतेसम्म हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत