आइतवार, मंसिर २८, २०८२

धरानका मेयर हर्कराज साम्पाङ राईले लिए सपथ


कान्तिपथ


सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् । धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् ।

शपथ लिनका लागि इनरुवा पुगेका नवनिवार्चित प्रमुख साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए । अब धरान प्रमुख साम्पाङले उपप्रमुखसहित वडाबाट निवार्चित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत