काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) रामेश्वर श्रेष्ठले दोहोर्याएर मतगणना निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।
कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा आफू उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः मतगणना दोहोर्याउनुपर्ने भन्दै निवेदन दिएका हुन् ।
श्रेष्ठले निवेदनमा भनेका छन्, ‘तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७,१९,२२,२४ र २६ को भावना र मनशाय अनुसार हुनेगरी प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुन दोहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान९मतगणना० अधिकृतलाई आदेश गरिपाऊँ।’
मतसंकेतलाई बदर गर्दा जित्ने मान्छे हार्ने र उपविजेता हुने मान्छे जित्ने भएको भन्दै श्रेष्ठले आपत्ति जनाएका छन् । ‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई समेत बदरगरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ,’ उनले भनेका छन् ।
हाल काठमाडौ महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता रहेको छ । उनले ४४७०५ मत ल्याउँदा श्रेष्ठले १५२८२ मत मात्र पाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ