बिहिबार, साउन १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी

मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी


कान्तिपथ


सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसारविरुद्धको कसुर र बालबालिकाविरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ ।

बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले बताए ।

गिरीका अनुसार दुई जाहेरीका आधारमा अनुसन्धानका लागि म्याद थप गर्न पाण्डेलाई सोमबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराइएको छ । उनले भने, ‘सरकारी वकिलमार्फत म्याद थप गर्नका लागि लगेका छौं, दुई मध्ये कुनै एकमा म्याद थप हुन्छ र थप अनुसन्धान अघि बढ्छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत