बिहिबार, जेष्ठ ८, २०८२

एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध


कान्तिपथ


नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।

अहिले पक्राउ परेकालाई नछाडेसम्म मतगणना गर्न नदिने अडानमा एमाले रहेको चितवनस्थित मतगणना स्थलबाट रातोपाटीकर्मी गणेश दुलालले जनाएका छन् । भरतपुरको मतगणना अन्तिम चरणमा पुगेको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत