बिहिबार, जेष्ठ ८, २०८२

विश्वनाथ साहको जिल्लामा माओवादीले ५ पालिका गुमायो


कान्तिपथ


माओवादीका नेता विश्वनाथ साहको जिल्ला सिराहाको गोलबजार नगरपालिका प्रमुख उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका श्याम श्रेष्ठ माओवादी केन्द्रका उम्मेदबारलाई २ हजार २०७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। श्रेष्ठले ७ हजार ९०८ मत प्राप्त गरेका छन् भने माओवादीका देवनाथ साहले ५ हजार ७०१ मत पाएका छन्। साह गोलबजारको निवर्तमान प्रमुखसमेत हुन्। उनी माओवादी केन्द्रका नेता विश्वनाथ साहका दाजु हुन्।

कांग्रेसका राजदेव साह हलुवाइले ४ हजार ६५९ मत प्राप्त गरेका छन्। गोलबजारको उपमेयरमा पनि एमालेकै मान्ती साह विजयी भएकी छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी माओवादीकी रेशमकुमारी थापालाई २ हजार ६० मतान्तरले पराजित गरेकी हुन्।

साहले ७ हजार ७०३ मत पाउँदा थापाले ५ हजार ६४३ मत प्राप्त गरेकी छन्। मत परिणाममा तस्रो भएकीकांग्रेसकी शान्ती सदायले ४ हजार ९६५ मत प्राप्त गरिन्।

०७४ सालका स्थानीय तह निर्वाचनमा सिरहा जिल्लामा माओवादी ६ वटा स्थानीय तहको प्रमुखमा विजयी भएको थियो। यस वर्ष माओवादीले मिर्चैया नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा पराजय बेहोरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत