शुक्रबार, असार ६, २०८२

जेलेन्स्कीले पुटिनसँग मात्रै वार्ता गर्ने


कान्तिपथ


युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मात्र आँफु युद्ध अन्त्य गर्ने वार्ता गर्न तयार रहेको बताएका छन् ।

‘राष्ट्रपति बाहेक म रुसी महासंघका कुनै पदाधिकारीसँग वार्ता गर्दिनँ, वार्ता युद्ध कसरी रोक्ने भन्ने एउटै मुद्दामा केन्द्रीत भएको अवस्थामा मात्र सम्भव हुनेछ । यसबाहेक कुनै अन्य मुद्दामा वार्ताको कुनै अर्थ छैन ।’ जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै गर्दा सो कुरा बताएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले रुसको कारवाहीका कारण उनलाई कुनै पनि प्रकारको वार्ता गर्न गाह्रो भइरहेको बताएका छन् ।

रुसले अहिलेसम्म युक्रेनी नागरिकलाई जानाजानी निशाना बनाएको दाबीलाई अस्वीकार गर्दै आएको छ। रुसले आफ्नो आक्रमणलाई युक्रेनमा ‘विशेष अभियान’ भनेको छ ।

जेलेन्स्कीले भने, ‘रुसका राष्ट्रपतिले हरेक निर्णय गर्छन् । यदि हामी उनी बिना नै यो युद्ध समाप्त गर्ने कुरा गरिरहेका छौँ भने यस्तो निर्णय लिन सकिँदैन ।’

गत हप्ता, जेलेन्स्कीले युक्रेनी टेलिभिजन च्यानलमा ‘कूटनीति बिना युद्ध रोक्न असम्भव’ भएको बताएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत