मङ्लबार, बैशाख ३०, २०८२

डेनमार्क र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


कान्तिपथ


संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यसअघि समितिले सरकारले प्रस्ताव गरेका विभिन्न १८ देशका लागि राजदूतको नाम अनुमोदन गरेको थियो । राय र मिश्रविरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित द्वय राजदूत मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदूतको नाम अनुमोदन गरेको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत