बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ


कान्तिपथ


छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबेलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कलेजका शिक्षक जनार्दन अधिकारीलाई नियन्त्रणमा लिइएको हो ।

उनले कलेजका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । शिक्षकमाथि कारबाहीको माग गर्दै आज बिहान कलेजमा विद्यार्थीहरूले प्रदर्शन समेत गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत