हलिउड स्टुडियो मार्भलले बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’को आधिकारिक ट्रेलर सार्वजनिक गरेको छ ।
यस फिल्ममा क्रिस हेम्सवर्थको थोरका रुपमा मुख्य भूमिका रहेको छ भने र नताली पोर्टम्यान पनि लेडी थोरको भूमिकामा देखिनेछिन । साथै टेसा थम्पसन, ताइका वाटिटी लगायतको पनि यस फिल्ममा महत्वपुर्ण भूमिका रहेको ट्रेलरमा देख्न सकिन्छ।
ट्रेलरमा चर्चित हलिवुड नायक क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र ‘गोर : द गड बुचर’ को रुपमा देख्न सकिन्छ । यो फिल्मले भर्खरै रिलिज भएका मर्भालकै स्पाईडरम्यान र डाक्टर स्ट्रेंज जस्तै उल्लेख्य कमाई गर्ने अपेक्षा गरिएको छ ।
यो फिल्म असार २४ गते नेपालका साथसाथै विश्वभर प्रदर्शन हुँदैछ । ट्रेलरसँगै फिल्मको नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ