नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगाना आउँदो असार १७ गते बाट लागु हुने गरी सीईओमा नियुक्त भएका हुन्। गत शनिबार सम्पन्न विशेष साधारणसभाले अनुमोदन गरेको अन्तिम सम्झौतापत्रमा नेपाल बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकको सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरिएको हो।
नबिल बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल केही दिनभित्रै सकिँदैछ। त्यसैले बैंकले सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो। ढुंगाना गत पुसमा नेपाल बंगलादेश बैंकको सीईओबाट अवकाश भएका हुन्। उनीसँग तीन दशक बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ