बिहिबार, बैशाख ३१, २०८३

३५ हजार मतदाता थपिँदा पनि एमालेलाई ५ वर्ष पहिले भन्दा ३३ सय कम भोट !


कान्तिपथ


भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नै ५ वर्ष पुरानो नतिजालाई नै भेट्न सकेन । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले भरतपुर महानगरको प्रमुखमा प्राप्त गरेकोभन्दा यसपटक ज्यादै कम मत प्राप्त गरेको छ । यसपटक ३५ हजार मतदाता थपिएका छन् ।

२०७४ मा एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग २०३ मतले मात्रै ज्ञवाली पराजित भएका थिए । त्यो बेला दाहाललाई मतपत्र च्यातेर जितेको आरोप लागेको थियो ।

३५ हजार मतदाता बढेको र राप्रपासँग संगठित तालमेल भएको अवस्थामा पनि एमाले उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरे । जुन अघिल्लो निर्वाचनमा ज्ञवालीले प्राप्त गरेभन्दा ३ हजार ३४२ मतले कम हो । अघिल्लोपटक १४ वटा वडा जितेको एमाले यसपटक ६ वटा वडामा खुम्चिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत