बिहिबार, जेष्ठ ८, २०८२

सेयर बजार दोहोरो अंकले उकालो


कान्तिपथ


मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ ।

कुल २१ हजार ७०९ वटा कारोबार भएको यस दिन ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार व्यापार र म्यूचअफ फण्डबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहका लगानीकर्ताले कमाए ।

मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.९५ प्रतिशतले बढेर १३१६ रुपैयाँ पुगेको छ । माथिल्लो तामाकोशीको ५.५८ प्रतिशतले वृद्धि भई ५०८ रुपैयाँ सेयर मूल्य पुगेको छ । विजय लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, नारायणी विकास बैंकसहितका कम्पनीको भने सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंकको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत