बिहिबार, जेष्ठ ८, २०८२

पार्टी कै सल्लाहमा कांग्रेसलाई सघाएको हो, आर्थिक लेनदेन छैन: शेर्पा


कान्तिपथ


नेकपा (एमाले) दोलखाको गौरिशंकर गाउँपालिका कमिटीका उपाध्यक्ष मिङ्गुर शेर्पाले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट आफुले पाएको टिकट आर्थिक प्रलोभनमा परेर बेचेको भन्ने आरोप झुठो रहेको बताएका छन् । उनले जेठ ५ गते कान्तिपथबाट प्रकाशित समाचारको आंशिक विवरण मात्र ठिक भएको भन्दै समाचारको खण्डन गरेका हुन् ।

यसअघि एमाले कै एक जिल्ला कमिटी सदस्यको सूचनाको आधारमा कान्तिपथले, ‘गाैरीशंकरमा अध्यक्षबाटै एमालेलाई घात: कांग्रेसलाई जिताउन ३० लाखमा सेटिङ्ग, माओवादीले जित्यो !’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । कान्तिपथसंगको सम्पर्कमा उनले भने, ‘स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट म वडा नं ७ मा वडा अध्यक्षको उम्मेदवार थिए । एमाले र कांग्रेस दुवैले वडा अध्यक्ष जित्ने स्थिति नभएपछि पार्टी कै सल्लाहमा पालिका अध्यक्षको भोट एमालेका उम्मेदवार जंगबहादुर गुरुङ्ग र वडा अध्यक्षको भोट कांग्रेसका उम्मेदवार फुरे शेर्पालाई हाल्ने सहमति अनुसार म पछि हटेको हो तर टिकट बेचेको भन्ने आरोप सरासर झुठो हो ।’ पार्टीको सल्लाह मै उक्त कदम लिईएको उनले बताए ।

गौरिशंकर गाउँपालिकामा माओवादी र कांग्रेसको पालिका स्तरमा गठबन्धन थियो भने वडामा भने मित्रवत प्रतिष्पर्धा थियो । गाैरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अध्यक्ष र कांग्रेसका श्यामसुन्दर तामाङले उपाध्यक्ष जितेका छन् । ९ वडा रहेकाे पालिकाका ५ वडा माओवादी केन्द्र र तीन वडा नेपाली कांग्रेसले जितेकाे छ ।

सम्बन्धित समाचार: गाैरीशंकरमा अध्यक्षबाटै एमालेलाई घात: कांग्रेसलाई जिताउन ३० लाखमा सेटिङ्ग, माओवादीले जित्यो !



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत