शुक्रबार, जेष्ठ ३, २०८२

राष्ट्रपतिकी मितिनी पोखराको उपमेयरमा निर्वाचित


कान्तिपथ


पोखरा उपमहानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी दोश्रो कार्यकालका लागि दोहोरिएकी हुन् ।

मगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनका नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई फराकिलो मतान्तरले पराजित गर्दै गुरुङ उपमेयरमा विजयी भएकी हुन् । विजयी मञ्जुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनिसमेत हुन् ।

मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याइन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत पाएकी छन् ।

मञ्जु २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । उता मेयरमा भने गठबन्धनका उम्मेदवार बनेका धनराज आचार्य विजयी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत