शुक्रबार, जेष्ठ ३, २०८२

पोखरामा कलमले भत्कायो सुर्यको किल्ला !


कान्तिपथ


पोखरा महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मदेवार दिएका एकीकृत समाजवादीका आर्चायले ५८ हजार ८ सय ९३ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका थापाले ५२ हजार ८ सय ४८ मत पाए ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन् । गुरुङले ६० हजार ५ सय ४६ मत र रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।

आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत