आइतवार, बैशाख २७, २०८३
  • गृहपृष्‍ठ
  • राजनिति
  • विवेकशील साझाको अध्यक्ष चयनका लागि केन्द्रीय कार्यसम्पादनको बैठक बस्दै

विवेकशील साझाको अध्यक्ष चयनका लागि केन्द्रीय कार्यसम्पादनको बैठक बस्दै


कान्तिपथ


पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि विवेकशील साझा पार्टी अध्यक्षविहीन बनेको छ । मिश्रले यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित नतिजा नल्याएको भन्दै बुधबार नैतिकताको आधारमा राजीनामा दिएका छन् ।

मिश्रले राजीनामा दिए पनि फिर्ता लिन अनुरोध गरिने पार्टीका एक सदस्यले बताए । पार्टीका नेता प्रकाशचन्द्र परियारले भने केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर निर्णय लिइने बताए । “अहिले कार्यवाहक कसैलाई दिएको अवस्था छैन । हामी केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तयारीमा छौँ,” उनले भने, “४८ घण्टाभित्र निर्णय लिइसक्छौँ ।”

मिश्रलाई राजीनामा फिर्ता लिन अनुरोध गर्ने तयारी हो ? भन्ने प्रश्नमा परियारले बैठकअगाडि केही भन्न नसकिने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत