बिहिबार, जेष्ठ ८, २०८२

जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका थुनुवाद्वारा आत्महत्या


कान्तिपथ


बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा मृत्यु भेटिएका हुन् ।

हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि-सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ । कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

घटना शंकास्पद भएको भन्दै छानबिनका लागि आफन्तहरूले दवाब दिन नेपालगञ्जमा विरोध प्रर्दशन गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत