इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटरमा आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ ।
यस खेलको विजेताले फाइनलमा पुग्न राजस्थान रोयल्ससँग शुक्रबार दोस्रो क्वालिफायर खेल्नेछ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्सले राजस्थानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको छ । बेंगलोर पछिल्ला दुई संस्करणमा लगातार एलिमिनेटरबाट बाहिरिएको छ । अन्तिम खेलमा दिल्ली पराजित हुँदा बेंगलोर प्लेअफमा पुगेको हो । लखनऊ तेस्रो र बेंगलोर चौथो स्थानमा रहँदै एलिमिनेटर खेल खेलेका छन् ।
बेंगलोरका विराट कोहली लयमा फर्किएको संकेत दिएका छन् । गुजरातविरुद्ध कोहलीले ७३ रनको इनिङ खेलेका थिए । महत्वपूर्ण खेल अघि कोहलीको लय बेंगलोरको लागि महत्वपूर्ण हुनेछ । कप्तान फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल र दीनेश कार्तिक प्रमुख ब्याटर हुन् । यी खेलाडीको प्रदर्शनमा बेंगलोरको नतिजा निर्भर रहनेछ ।
स्पिनर वानिन्दु हसरंगा २४ विकेटका साथ दोस्रो स्थानमा छन् । उनी लखनऊलाई घातक बन्नसक्छन् । तीव्र गतिका बलर जोश हेजलवुड र हर्षल पटेल बेंगलोरका हतियार हुन् । यता लखनऊका ओपनर लोकेश राहुल र क्विन्टन डि ककले पछिल्लो खेलमा कोलकाताविरुद्ध पुरै २० ओभर खेल्दै २ सय १० रन बनाएका थिए ।
डिककले १ सय ४० रन र राहुलले ६८ रनको इनिङ खेलेका थिए । जुन प्रदर्शनले दुबै खेलाडीको मनोबल उच्च छ । लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । यस सिजनमा राहुलले २ शतकसहित कुल ५ सय ३७ रन बनाएका छन् । डि ककले १ शतक र ३ अर्धशतकसहित ५ सय २ रन बनाएका छन् ।
लखनऊ अलराउन्डरमा निर्भर छ । मार्कस स्टोइनिस र इविन लेविस दुई आक्रामक ब्याटर हुन् । तीव्र गतिका बलर मोहसिन खानले नयाँ बलका साथ निरन्तर विकेट लिँदै आएका छन् । उनले ८ खेलमा १३ विकेट र आवेश खानले १७ विकेट लिएका छन् । लखनऊको तीव्र गतिको आक्रामण उत्कृष्ट छ ।
दुश्मान्था चामिरा, आवेश खान र मोहसिन खान तीव्र गतिका बलर हुन् । पार्टटाइममा जेसन होल्डर र स्टोइनिस छन् । दीपक हुडा, कृष्णाप्पा गोथम र रवि विश्रोई स्पिन आक्रामण हुन् । लिगको खेलमा बेंगलोरले लखनऊलाई १८ रनले हराएको थियो । फाइनल आइतबार अहमदाबादमा हुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ