मङ्लबार, जेष्ठ ६, २०८२

पाँच सचिवको सरुवा, को कहाँ पुगे ?


कान्तिपथ


सरकाले नेपाल सरकारका पाँच जना सचिवको सरुवा गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

सरुवा हुनेमा रवीन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् भने सुरेश आचार्य खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् । त्यसैगरी मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खानेपानी मन्त्रालय पुगेका छन् ।

सचिव सुशीलचन्द्र तिवारी प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रबाट उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय पुगेका छन् । गोपालप्रसाद सिग्देल नेपाल ट्रस्टको कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत